सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • इन्द्रावती जलविद्युत् आयोजनामा पहिरो, मानव बस्ती समेत जोखिममा

इन्द्रावती जलविद्युत् आयोजनामा पहिरो, मानव बस्ती समेत जोखिममा

7580
Shares
इन्द्रावती जलविद्युत् आयोजनामा पहिरो, मानव बस्ती समेत जोखिममा

सिन्धुपाल्चोक : नेशनल हाइड्रो पावरद्धारा प्रवद्धित इन्द्रावती तेश्रो जलविद्युत् आयोजनाको ड्याम साइडमा गएको भि’षण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमताको उक्त आयोजनाको ड्याममा गएराति २ बजेतिर पहिरो खसेकोे हो ।

पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्ण रुपमा क्षति पु¥याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानव बस्ती समेत जोखिममा परेको छ ।

निरन्तरको बर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा विस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसहरूको आवतजावत समेत बन्द भएको छ ।

उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बिच बाटोमै अ’लपत्र’ परेका छन् ।पहिरोका कारण अलपत्र मानिसको उ’द्धा’र तथा अ’बरु’द्ध बाटो खुलाउन तत्काल लागिपर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।

7580
Shares

ट्रेन्डिङ