सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • फरार अभियुक्त बने खेलकुद परिषदका उपाध्यक्ष

फरार अभियुक्त बने खेलकुद परिषदका उपाध्यक्ष

10400
Shares
फरार अभियुक्त बने खेलकुद परिषदका उपाध्यक्ष

काठमाडौं । उच्च अदालत पाटनले थुनामा राखी मु’द्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलाशले सवारी अङ्गभङ्ग मु’द्दामा कोइरालालाई थुनामा राखी मु’द्दाको पुर्पक्ष गर्न आ’देश गरेको थियो ।

०७६ फागुन १ गते उच्च अदालतले यस्तो आदेश दिएको थियो । सरकारले सोमबार उनै कोइरालालाई राष्ट्रिय खेलकुद परिषद्मा उपाध्यक्ष नियुक्त गरेको छ । जिल्ला अदालत काठमाडौंले सवारी अंगभंग सम्बन्धी मुद्दामा कोइराला र मानबहादुर तामाङलाई पुर्पक्षमा १–१ लाख धरौटी लिएर छाडेको थियो ।

सोविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले ०७६ फागुन १ गते जिल्ला अदालतको आदेश बदर गर्दै यस्तो आदेश गरेको थियो । जिल्ला अदालतले धरौटी लिएर छाडेका कोइराला र तामाङलाई थुनामा राख्न आदेश गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कोइराला र मानबहादुर तामाङविरुद्ध प’क्राउ पुर्जी नै जारी नगरेको स्रोतले बतायो ।

कोइराला र तामाङको स्वामित्वमा रहेको कम्पनीको कन्टेनरले काठमाडौंमा एक महिलालाई ठ’क्कर दिएको थियो । तर, सो कन्टेनर कसले चलाएको थियो भन्ने एकीन हुन सकेको छैन । तर, विशाल तामाङले कन्टेनर चलाएको अनुमानका आधारमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो ।

उच्च अदालतले भने तामाङ्ले नै कन्टेनर चलाएको एकिन नभएको भन्दै थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको ०७६ मंसिर १२ गतेको आदेश बदर गर्दै पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरि ५० हजार धरौटीमा तारेखमा छाड्न आदेश गरेको थियो ।

आफ्नो स्वामित्वको कम्पनीको नाममा रहेको कन्टेनर कसले चलाएको थियो भन्नेसम्मको यथार्थ व्यहोरा खुलाउनसमेत सक्तिन भनि गरेको बयान विश्वसनीय नदेखिएको र सवारी साधनबाट भएको दु’र्घट’नाको जिम्मेवारी साहु आफैँले लिनुपर्ने भन्दै उच्च अदालतले शिव कोइराला र मानबहादुर तामाङ्लाई थुनामा राखी मु’द्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो ।

घ’टना के हो ?
कोइराला र तामाङ गोसाईंकुण्ड विजनेश फार्मका सञ्चालक हुन् । ०७६ साउनमा काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्क अगाडि सोही कम्पनीको नाममा रहेको कन्टेनरले एक महिलालाई ठक्कर दियो । कन्टेनरको ठ’क्करबाट महिला घा’इते भएकी थिइन् । उनलाई क्षतिपूर्ति दिए पनि कन्टेनरको चालक को हो भन्ने पत्ता नलाग्दा यो मुद्दा बल्झिएको छ ।

सुरुमा विशाल तामाङलाई प’क्राउ गरिए पनि उनले आफुलाई गाडी चलाउन नआउने बयान गरेका थिए । उनीसँग लाइसेन्स पनि नभएको उच्च अदालत पाटनको आदेशमा उल्लेख छ । तामाङ्ले नै कन्टेनर चलाएको खुल्न नआएकाले उनलाई ५० हजार धरौटीमा छाडिएको छ ।

मु’द्दामा प्रतिवादी बनाइएका कोइराला र मानबहादुर तामाङसमेतको स्वामित्वको कम्पनीका नाममा कन्टेनर रहेको भन्दै उच्च अदालतले उनीहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । यसबारेमा कोइरालासँग कुराकानीको प्रयास पटकपटक गरिएको भए पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
यस्तो थियो आदेश

बाह्रखरी बाट

10400
Shares

ट्रेन्डिङ