सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • यी हुन् आज देखि जोर बिजोर प्रणाली लागू भएका ३५ जिल्ला

यी हुन् आज देखि जोर बिजोर प्रणाली लागू भएका ३५ जिल्ला

7325
Shares
यी हुन् आज देखि जोर बिजोर प्रणाली लागू भएका ३५ जिल्ला

काठमाडौं : देशभरका ३५ जिल्लामा आजबाट जोर बिजोर प्रणली लागू भएको छ । सरकारले दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको हो ।

त्यसमध्ये उपत्यकाका तीनै जिल्लामा पनि जोर बिजोर लागू गरिएको छ । भक्तपुर र ललितपुरमा दुई सय बढी संक्रमित नभएपनि उच्च जोखिमका आधारमा यी जिल्लामा पनि जोर बिजोर प्रणाली लागु गरिएको बताइएको छ ।

त्यस्तै यी ३५ सै जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुलमा प्रतिबन्ध समेत लगाइएको छ । जोर बिजोर प्रणली लागु र राति ९ देखि ५ बजेसम्म हिड्न प्रतिबन्ध लागेका जिल्लामा प्रदेश २ का आठ वटै जिल्ला रहेका छन् । प्रदेश २ का आठ वटै जिल्लामा दुई सय भन्दा बढी कोरोना संक्रमित छन् ।

त्यस्तै झापा, मोरङ, नवलपरासी, स्याङ्जा, पाल्पा, कपिलवस्तु, गुल्मी, बाग्लुङ, प्यूठान, अर्घाखाँची, रुपन्देही, दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र बझाङमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ ।

7325
Shares

ट्रेन्डिङ