सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • पनौती नगरपालिका भन्यो ‘अहिले घर बाहिर कोहि पनि ननिस्कनु’

पनौती नगरपालिका भन्यो ‘अहिले घर बाहिर कोहि पनि ननिस्कनु’

19500
Shares
पनौती नगरपालिका भन्यो ‘अहिले घर बाहिर कोहि पनि ननिस्कनु’

काभ्रे, २५ साउनः काभ्रेको पनौती नगरपालिकाले आफ्ना नागरिकलाई जनस्वास्थ्यका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न आग्रह गरेको छ । उपप्रमुख गीता बञ्जाराले आइतबार नगरबासीलाई अपील गर्दै हिजो मात्रै संक्रमण देखिएको क्षेत्रका सबै नागरिकलाई घर भित्रै बस्न आग्रह गर्नुभएको छ ।

पनौतीमा हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जना उपचारपछि घर फर्किएको उपप्रमुख बञ्जाराले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ३ घर भै हाल संघीय प्रहरी ईकाई कार्यालय जनागाल कार्यरत एक पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले त्यस क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गरेको हो ।

संक्रमितसँगको सम्पर्कमा आएका सबैको स्वाब संकलन तथा परीक्षण गर्ने काम भइरहेको भन्दै उपप्रमुख बञ्जाराले नतिजा नआउञ्जेलसम्म संक्रमितको सम्पर्कमा आएका सबैलाई घरभित्रै सुरक्षित बन्न आग्रह गर्नुभएको छ । पनौतीमा १२० जना क्वारेन्टाइनबाट हालसम्म डिस्चार्ज भएका छन् । ३ सय १४ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ ।

लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायात, पसल, कार्यालय, विभिन्न सामाजिक, साँस्कृतिक, धार्मिक क्षेत्रहरुमा भिड बढेको भन्दै नगरपालिकाले चिन्ता समेत ब्यक्त गरेको छ । नगरपालिकाले भिडभाड हुने क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै त्यस्ता क्षेत्रमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

19500
Shares

ट्रेन्डिङ