सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेका १११ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काभ्रेका १११ जना कोरोना संक्रमित निको भएर घर फर्किए

6980
Shares
काभ्रेका १११ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काभ्रे, १८ भदौँः काभ्रेका १११ जना कोरोना संक्रमित आइसोलेसनबाट घर फर्किएका छन् । स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आजसम्ममा १ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २९४ जना पुगेको छ । बिहीबार मात्रै काभ्रेमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धुलिखेल नगरपालिकाका १ महिला सहित ३ जना पुरुष छन् । त्यसैगरी पनौती नगरपालिकाका २ जना महिला र पाँचखाल स्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणमा कार्यरत दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका १ सय ८१ जना विभिन्न आइसोलेसनमा रहेका छन् । त्यस्तै काभ्रे स्थायी ठेगाना भई ७ जना काठमाण्डौका विभिन्न आइसोसेलन र ४ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताउनुभयो ।

6980
Shares

ट्रेन्डिङ