काभ्रे, २९ भदौँः काभ्रेमा मृ’त्यु भएको ३ दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । भुम्लु गाउँपालिका वडा नम्बर ८ का ७० बर्षीय बृद्धाको मृ’त्यु भएको ३ दिनपछि कोरोना पुष्टि भएको हो ।
२५ गते बिहान शीर ममोरियल अस्पतालमा ती बृद्धाको मृ’त्यु भएको थियो । २४ गते राति अस्पताल भर्ना भएको प्रवक्ता डाक्टर अरुण गुप्ताले जानाकारी दिनुभयो । ‘मृ’तक महिलाको दुबै फोक्सोमा निमोनिया र मुटु जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो, उपचार गर्दा गर्दै बिहीबार बिहान मृ’त्युभयो, डाक्टर गुप्ताले भन्नुभयो ‘मृ’त्यु भइसकेपछि हामीले स्वाब लिएका हौँ, ड्यूटीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि पनि यस्तो गर्ने गरिएको छ ।’
स्वाब लिएर रिपोर्ट नआउँदै आफन्तलाई शब बुझाएको भन्दै अस्पतालको आलोचना भइरहेको छ । तर डाक्टर गुप्ताले भने आफुहरुले आफन्तलाई जबजस्ती श’ब नबुझाएको दाबी गरे । ‘हामीले मृ’त्युको सबै कारण आफन्तलाई भनेका हौँ, स्वाब लिएका छौँ, रिपोर्ट आउन केहि समय लाग्छ भनेर राम्रोसँग सम्झाएका हौँ, उहाँहरुले पीसीआर रिपोर्टसँग कुनै मतलब छैन् भन्नुभयो डाक्टर गुप्ताले भन्नुभयो ‘थोरै संख्यामा घा’टमा जान्छौँ, जलाउँछौँ भन्नुभयो ।’
अस्पतालमा राती र बिहान सबेरै स्वाब संकलन गर्ने ब्यवस्था नरहेको प्रवक्ता गुप्ताले बताउनुभयो । ‘सामान्य तय दिउँसो ११-१२ बजेपछि मात्रै स्वाब संकलन हुन्छ, उहाँको बिहानै मृ’त्युभयो । अस्पतालले लासलाई आफन्तको ज’र्ब’जस्ती जिम्मा भने लगाएको होइन् ।’
शीर मेमोरियल अस्पताल ल्याउने अघि बृद्धालाई दोलालघाटको एक मेडिकलमा चेकजाँच गरेको मृ’तकका छोराले बताउनुभयो । ‘हामीले अस्पताललाई राम्रोसँग उपचार गरिदिनुस्, हाम्रो गाउँमा कोरोना संक्रमित कोहि मान्छे यसअघि थिएनन्, आमालाई कोरोना परीक्षण भन्दा पनि अन्य रोग के हो त्यो पत्ता लगाउन भन्यौँ, मृ’तकका छोरोले भने ‘तर आमा बित्नुभयो, हामीले पार्थिव शरिर लगेर ज’ला’यौँ, अहिलेसम्म अस्पतालले केहि खबर पनि गरेको छैन् ।’
वडाध्यक्ष मोतिलाल तामाङले खबर पाउन साथ मृतकका घरपरिवारलाई स्वास्थ्य सुरक्षाका थप सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो । ‘म त निकै चकित परे, ला’स जनाएको ३ दिनपछि कोरोना भाइरस रहेको खबर पाए, वडाध्याक्ष तामाङले भन्नुभयो नहुनु भइसक्यो अब थप सजग हुन मृ’तकका घरपरिवार, आफन्तलाई खबर गरिसकेको छु ।’