सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • बस दुर्घटना हुँदा ४३ जना घाइते

बस दुर्घटना हुँदा ४३ जना घाइते

635
Shares
बस दुर्घटना हुँदा ४३ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँका लागि छुटेको रा. १ ख. २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु. १ ख. ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परि घाइते भएकाहरूलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधवार बिहानसम्म अधिकांश डिस्चार्ज भैसकेका छन् । केही घाइतेको भने अझै पनि उपचार भइरहेको छ । 

635
Shares

ट्रेन्डिङ