सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

फेरी १७ किलो सुन बरामद

3155
Shares
फेरी १७ किलो सुन बरामद

काठमाडौं– लमजुङ प्रहरीले  करीब १७ किलो सुनसहित एक युवकलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ  रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी  प्रमुख पदमबहादुर विष्टले बा५८प ४२९१ नम्बरको मोटरसाइकलमा   सवार उनको साथबाट  अनुमानित १७ किलो सुन भेटिएको बताए ।

प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाको खुदी बजारबाट उनलाई  नियन्त्रणमा लिइएको थियो ।  संकास्पद झोला बोकेर मनाङ तर्फबाट बेशिसहर जाँदै गर्दा प्रहरी चेकजाँचमा क्रममा उनले झोला देखाउन आनाकानी गर्दै भागेका थिए । प्

रहरीले भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो । खुदी सदरमुकाम बेंसीसहरबाट करीब ७ किलोमीटर उत्तरतर्फ पर्छ । सुन विस्कुत आकारका १७ थान रहेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ । -रातो पाटी बाट

3155
Shares

ट्रेन्डिङ