सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिए

काभ्रेमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिए

4630
Shares
काभ्रेमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिए

धुलिखेल, २० असोजः काभ्रेमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा धुलिखेल नगरपालिकाका १२ जना महिला र ५ जना पुरुष रहेका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकाका १५ जना पुरुष र ३ जना महिला, बनेपा नगरपालिकाका १० जना पुरुष र ५ जना महिला रहेका छन् ।

त्यसैगरी पनौती नगरपालिकाका एक जना महिला र एक जना पुरुष, पाँचखाल नगरपालिका २ जना पुरुष, मण्डनदेउपुरका १ जना पुरुष र भुम्लु गाउँपालिकाका एक पुरुष रहेका छन् ।

4630
Shares

ट्रेन्डिङ