धुलिखेल : धुलिखेल नगरपालिका सबै वडाहरुमा साविकका एमालेको युवा संघ नेपाल ब्यूत्याइने भएको छ । आज धुलिखेलमा बसेको युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ससद विघटनलाई स्वागत गर्दै निर्वाचनमा होमिने गरी वडा तहमा युवा संघ नेपाल ब्यूत्याउने निर्णय गरेको युवा संघ धुलिखेल नगरकमिटीका अध्यक्ष सिबी लामाले जानकारी दिनुभयो ।
बैठकले युवाहरु आगामी निर्वाचनको तयारीमा लाग्ने र काठमाण्डौमा पुस १८ गते हुने प्रदेश स्तरीय बृहत युवा भेलाको तयारी गर्ने समेत निर्णय गरेको छ । आकस्मिक बैठकमा धुलिखेल नगर वडागत तहका संयोजक र अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरु समेत सहभागि भएका थिए ।