सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

6180
Shares
आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

काठमाण्डौ : सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज भाउ बढेर छापावाला सुनकाे मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेका कारण नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ । यसअघि लगातार बढेको सुनको भाउ मङ्सिरको तेश्रो हप्ताबाट केही घटेको थियो । तर अहिले सुनको भाउ फेरि उकालो लागेको छ ।

6180
Shares

ट्रेन्डिङ