सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालामा घरेलु मदिरा सम्बन्धि नीति तयार

काभ्रेको पाँचखालामा घरेलु मदिरा सम्बन्धि नीति तयार

4905
Shares
काभ्रेको  पाँचखालामा घरेलु मदिरा सम्बन्धि नीति तयार

काभ्रे  : पाँचखाल नगरपालिकामा घरेलु मदिरा सम्बन्धि नीति तयार भएको छ । नगरपालिकामा घरेलु हिंसा बृद्धी हुनुको मुख्य कारण भएको भन्दै नगरपालिकाले घरेलु मदिरा सम्बन्धि नीतिको ड्राफ तयार पारेको हो ।

नगरपालिकाको ८ औँ हिउदे अधिवेशनमा अहिले तयार पारिएको नीति पेश गरिने नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो । नगरपालिकाले नीतिमा मदिरा सेवनको लागि उमेरहदको पनि व्यवस्था गरेको छ ।

नगरपालिकाको न्यायीक समितिमा यो आर्थिक बर्ष २ वटा विवाद घरेलु हिंसा दर्ता भएको छ । जसको २ वटै विवाद समाधान भइसकेको छ ।

4905
Shares

ट्रेन्डिङ