सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा आज थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, ५ जना डिस्चार्ज

काभ्रेमा आज थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, ५ जना डिस्चार्ज

3185
Shares
काभ्रेमा आज थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, ५ जना डिस्चार्ज

काभ्रे : काभ्रेमा आज ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपा नगरपालिकाका ३ जना महिला १ जना पुरुष रहेका छन् । त्यसैगरी पनौतीका ३ जना महिला र मण्डनदेउपुरका १ जना पुरुष रहेका स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १५ पुगेको छ । जिल्लामा कोरोना संक्रमित मध्ये उपचारपछि आज थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या ३ हजार २ सय ३४ पुगेको छ ।

संक्रमणमुक्त हुनेहरुमा १ हजार ९ सय ३३ जना पुरुष छन् भने १ हजार ३ सय १ जना महिला छन् । अब जिल्लामा ३७ जना सक्रिय संक्रमित छन् । ति मध्ये ३२ जना होम आइसोलेसनमा छन् भने ५ जना जिल्लाका २ वटा अस्पताल आइसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

3185
Shares

ट्रेन्डिङ