सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल-११ पात्लेखेतमा संसद विघटन विरुद्ध कांग्रेसद्वारा प्रदर्शन

धुलिखेल-११ पात्लेखेतमा संसद विघटन विरुद्ध कांग्रेसद्वारा प्रदर्शन

6835
Shares
धुलिखेल-११ पात्लेखेतमा संसद विघटन विरुद्ध कांग्रेसद्वारा प्रदर्शन

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा नेपाली काँग्रेसले बिरोध कार्यक्रम गरेको छ । संसद बिघटन गर्ने ओली सरकारको निर्णय बिरुद्ध नेपाली काँग्रेसको वडा कार्यसमिति , नेपाल तरुण दल र नेपाली बिधार्थी संघ धुलिखेल नगरपालिका वडा नम्बर ११ ले संयुक्त रूपमा बिरोध प्रर्दशन गरेका हुन् ।

काँग्रेस नेता ईश्वरी ओझा प्रमुख अथिति, विशेष अथिति गणेश लामा, अर्का विशेष अथिति रमेश हुमागाई, वडा सभापति कृष्ण न्यौपाने, पत्रकार महासंघ काभ्रेका सल्लाकार बद्रि तिमल्सिना , नेविसंघका नेता सुरज तिमल्सिना लगाएका नेताहरुले विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा काँग्रेस समर्थित दुईसय भन्दा बढी स्थानीयहरु उपस्थिति भएका थिए ।

नेपाली काँग्रेसले आज काभ्रे जिल्लाका १३ स्थानीय तहका १ सय ३५ वटा वडामै विरोध प्रदर्शन गरेको काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाले जानकारी दिए । काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभरका सबै वडामा पनि विरोध प्रदर्शन गरेको छ ।

काँग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

6835
Shares

ट्रेन्डिङ