सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • गोली हानी एक व्यापारीको ह’त्या

गोली हानी एक व्यापारीको ह’त्या

6805
Shares
गोली हानी एक व्यापारीको ह’त्या

काठमाडौं, २९ चैत : सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गो’ली हानी ह’त्या गरेका छन्। लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको ह’त्या भएको सिरहा प्र’हरीले जनाएको छ।

डकैती गर्न आएको ह’तियारधारी समूहले’ गोली प्र’हार गर्दा विश्वकर्माको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय सिरहाका प्रह’री प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए।

उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्र’हार गरी घा’इते बनाएका छन्। अनिताको लहान अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था सामान्य रहेको प्र’हरीले जनाएको छ।

घ’टनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरीलाई प’क्राउ गरिएको छ। अर्का एकजनालाई पक्रा’उ गरे पनि प्र’हरीले उनको नाम भने खुलाएको छैन।

6805
Shares

ट्रेन्डिङ