सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्याञ्जुलाई सांसद हुमागाईको जवाफ ‘एमाले काभ्रेको अध्यक्ष वाईबा हो, अरूलाई चिन्दिन’

ब्याञ्जुलाई सांसद हुमागाईको जवाफ ‘एमाले काभ्रेको अध्यक्ष वाईबा हो, अरूलाई चिन्दिन’

13430
Shares
ब्याञ्जुलाई सांसद हुमागाईको जवाफ ‘एमाले काभ्रेको अध्यक्ष वाईबा हो, अरूलाई चिन्दिन’

काभ्रे, २ जेठ: प्रदेश सांसद बसुन्धरा हुमागाईंले एमाले काभ्रे जिल्ला कमिटीको आधिकारिक अध्यक्ष टोक बहादुर वाईबा भएकाले अरूलाई अध्यक्ष नमान्ने बताउनु भएको छ । समानान्तर कमिटी गठन भएपछि अहिले काभ्रे जिल्ला पार्टी कार्यालय ओली पक्षको कब्जामा छ । र ओली समूहका जिल्ला अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठ हुनुहुन्छ ।

टोक बहादुर वाईबा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । तर वाईबा माधव खेमामा गएपछि ओली समूहले जिल्लामा ब्याञ्जुलाई अध्यक्ष चयन गरेको थियो । अहिले वडा तहसम्म को आधिकारिक भन्ने बहस रूपमा चलिरहेको छ ।

केन्द्रमा महाधिवेशनबाट निर्वाचित हुनुभएका केपी ओली पार्टीको अध्यक्ष आधिकारिक हुनेभएपछि जिल्लामा पनि अधिवेशनबाट निर्वाचित टोक बहादुर वाईबा स्वभाविक रुपमा आधिकारिक हुनुहुन्छ । तर अध्यक्षको हैसियतमा ब्याञ्जुले शनिबार विज्ञप्ति जारी गर्दै जेठ ६ गते हुने राष्ट्रिय सभाको उप निर्वाचनमा राम बहादुर थापाको पक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि पार्टीभित्रको खिचलो थप सतहमा आएको छ ।

ब्याञ्जुले एउटा सामुहिक रूपमा र अर्को ब्यक्तिगत रूपमा पार्टी केन्द्रको निर्देशन भन्दै प्रदेश सांसद, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष छुटा छुट्टै सम्बोधन गरेर पत्र पठाएको बुझिएको छ । सांसद हुमागाईंले अशोक ब्यान्जुद्वारा हस्ताक्षर गरिएको पत्रले हुन लागेको पार्टी एकतालाई गम्भीर असर पर्नुको साथै यो पार्टी एकता बिरोधि कदम भएको बताउनु भएको छ ।

सांसद हुमागाईंले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको ‘म सदैब पद्धतिलाई मान्दै आएको नेकपा (एमाले) को सिपाही हुँ, पार्टी एकताको पक्षमा छु । पार्टी विधि बिधानबाट चल्नु पर्छ । विधि बिधान र पद्धति भन्दा बाहिर गएर चल्ने छुट कसैलाइ हुदैन भन्ने कुरा सम्बन्धित पक्षलाइ अनुरोध गर्दै थप पत्रको सम्बन्धमा प्रष्ट पार्न चाहान्छु ।’

१) रास्ट्रयसभा निर्बाचन सँग जोडेर जुन निर्देशन पत्र प्राप्त भयो यस्ता हर्कतले केन्द्रमा पार्टी एकताको पक्षमा गम्भीर छलफल भैरहेको विषयमा असहयोग पुग्नुको साथै आमकार्यकर्ता, समर्थक, शुभचिन्तक नेपाली जनमानसमा नेकपा (एमाले ) को एकताको चाहानामा गम्भीर असर पुग्छ भन्ने प्रष्ट पार्न चाहान्छु ।

२) मलाई मेरो नाम उल्लेख गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी को लेटर हेडमा २०७८/२/१ गते पत्रमा अध्यक्ष भनी हस्ताक्षर गरि पठाएको छ । उक्त पार्टी अहिले ऋषि कटेलको भएको प्रष्ट पार्न चाहान्छु ।

३) सामंसदहरुलाइ निर्देशन संसदीय दलको नेताले लगाउने प्रष्ट पार्न चाहान्छु ।

४) राष्ट्रिय सभा निर्वाचन गोप्य मतदान हुने हुँदा गोप्य मतदानमा निर्देशन वा ह्वीप लिखित दिनु भनेको प्रचलित निर्वाचन ऐन, कानुन र आयोगद्वारा जारी निर्बाचन आचार संहिताको ठाडो उलंघन हो भन्ने प्रष्ट पार्न चाहान्छु ।

अन्तिममा सांसद हुमागाईंले लेख्नु भएको छ ‘त्यस्तो कुनै निर्देशन लिनु परेमा वा दिएमा नेकपा (एमाले ) काभेको नवौ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला अध्यक्ष कमरेड टोक बहादुर वाइबा आधिकारिक अध्यक्ष भएकाले उहाँले दिएको निर्देशन पालना गर्ने प्रष्ट पार्न चाहान्छु ।

13430
Shares

ट्रेन्डिङ