सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तपाईलाई दैनिक छाक टार्नै समस्या परिरहेको छ ? युवा संघ काभ्रेका यी युवालाई फोन गर्नुस्

तपाईलाई दैनिक छाक टार्नै समस्या परिरहेको छ ? युवा संघ काभ्रेका यी युवालाई फोन गर्नुस्

23110
Shares
तपाईलाई दैनिक छाक टार्नै समस्या परिरहेको छ ? युवा संघ काभ्रेका यी युवालाई फोन गर्नुस्

काभ्रे :  युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीले निषेधाज्ञामा दैनिक छाक टार्नै समस्यामा परेका घर परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको छ । युवा संघले आज एक प्रेस विज्ञप्ति मार्फत यस्तो जनाएको छ ।

विशेषगरी बिहान कमाएर बेलुकी छाक टार्ने मजदुर वर्ग र अति विपन्न परिवारलाई लक्षित गरेर यस्तो कार्यक्रम ल्याइएको युवा संघले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञाबाट कोहि खाली भोको पेट बस्नु नपरोस् भनेर युवा संघले खाद्यान्न संकलन गरि फुड बैंक मार्फत जिल्ला भर छाक टार्न नसकिरहेका मजदुर र विपन्न वर्गलाई वितरण गर्न लागेको हो । तपाई खाद्यान्नको समस्यामा पर्नुभएको छ भने यी नम्बर फोन गर्नुस् । युवाहरू तपाईकै घरमा खाद्यान्न लिएर आईपुग्ने छन् ।
९८५१०९०८२२,
९८१८७१७८९४,
९८४९२६२५८३,
९८५११४०६४३,
९८४९२८४२४१ र ९८४११०६४८७

23110
Shares

ट्रेन्डिङ