सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • एईसीसी ग्लोबल अष्ट्रेलिया एजुकेशन डे २०१७ आयोजना हुने

एईसीसी ग्लोबल अष्ट्रेलिया एजुकेशन डे २०१७ आयोजना हुने

7480
Shares
एईसीसी ग्लोबल अष्ट्रेलिया एजुकेशन डे २०१७ आयोजना हुने

काठमाडौं सन् २००८ मा स्थापित एईसीसीले ग्लोबल अष्ट्रेलियन एजुकेशन डे मेँ २०१७ आयोजना गर्ने भएको छ । , मेँ ९ तारिकका दिन काठमाडौंको सनराइज बिज पार्क, कमल पोखरी मार्ग, चारखाल, डिल्लीबजार–३३मा आयोजना हुने एईसीसीले जानकारी दिएको छ । त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगा मेँ १० विहान ११ बजेदेखि बेलुकी ३ बजेसम्म र मेँ ११ मा चितवन भरतपुर–१०, बालमन्दिर चोक, एयरपोर्ट रोडमा विहान ११ देखि बेलुकी ३ः३० सम्म आयोजना हुने जानकारी दिइएको छ ।
कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्ने संस्थाले जानकारी दिएको छ । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने जानकारी दिइएको छ । संस्थाका अनुसार ईच्छुक सहभागीले आफ्नो ईच्छा अनुसार पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् ।
कार्यक्रममा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधि सँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गर्न सक्नेछन् । कार्यक्रम मार्फत योग्य विद्यार्थीका लागि छात्रबृत्तिको समेत ब्यवस्था गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा सहभागीका लागि आईईएलटीएस÷पीटीई÷टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । कार्यक्रम मार्फत सिधै विभिन्न अफरहात पार्नका लागि आफ्ना शैक्षिक प्र्रमाण पत्रका सक्कल तथा प्रतिलिपीपनि साथमा ल्याउन संस्थाले आग्रह गरेको छ । सहभागीले अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्षका लागि कार्य अधिकार (वर्क राइट) पनि प्राप्त गर्न सक्ने छ ।

7480
Shares

ट्रेन्डिङ