सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पात्लेखेतको डाँडागाउँ पिपलबाेटमा गुम्बा र पार्क निर्माणको काम धमाधम

पात्लेखेतको डाँडागाउँ पिपलबाेटमा गुम्बा र पार्क निर्माणको काम धमाधम

6665
Shares
पात्लेखेतको डाँडागाउँ पिपलबाेटमा गुम्बा र पार्क निर्माणको काम धमाधम

धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्लेखेतको डाँडागाउँ पिपलबाेटमा गुम्बा र पार्क निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । वडाध्यक्ष विष्णु धितालका अनुसार छाेईसालिङ्ग बौद्ध गुम्बा निर्माण स्थलको ठाउँ तयार गर्ने काम सकिएको छ ।गुम्बाका लागि प्रदेश सांसद चन्द्रको प्रदेश पुर्बधार बिकास मार्फत १० लाख रुपैयाँ बजेट प्राप्त भएको वडाध्यक्ष धितालले बताउनुभयो ।

गुम्बा निर्माण हुने ठाउँमै धुलिखेल नगरपालिकाको प्रत्येक बर्ष १ वडा, १ नमुना पार्क निर्माण गर्ने नीति अनुरूप पार्क निर्माणको काम पनि धमाधम भईरहेको छ । नगरपालिकाको ३ लाख र स्थानीय लागत साझेदारीमा पिपलबोट पार्क निर्माण कार्य भईरहेको हो । गुम्बाको बाँकी काम पनि छिट्टै अगाडि बढ्न वडाध्यक्ष धितालले बताउनुभयो ।

यसैबीच वडा, नगर र नागरिक साझेदारी योजना कार्यक्रम अनुसार २५ लाख ५० हजार लागतमा धुलिखेल नगरपालिका वडा नम्बर ११ को साविक आरूबोट तिलिखोरिया सडकको काम पनि भैरहेको छ ।

 

6665
Shares

ट्रेन्डिङ