सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलमा आज रातिदेखि के गर्न पाईन्छ, के पाईदैन ?

धुलिखेलमा आज रातिदेखि के गर्न पाईन्छ, के पाईदैन ?

8325
Shares
धुलिखेलमा आज रातिदेखि के गर्न पाईन्छ, के पाईदैन ?

काभ्रे : धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रमा आज रातिदेखि शिल गर्दैछ । नगरपालिकाभित्र कोरोना संक्रमणको दर उच्च बन्दै गएपछि शिल गर्न लागिएको नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश सरकारी कार्यालय सहितको धुलिखेल नगरपालिकाले कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि आफ्नो सेवालाई कटौती गर्दै आएको थियो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा लागु भईरहेको छ ।

कोरोना भाईरसको चेनब्रेकका लागि आफ्नो नगर क्षेत्र शिल गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । प्रशासनको पछिल्लो नियम अनुसार पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै ब्यापारीहरुले खुलाउदै आएका छन् । प्रशासनको निषेधाज्ञापछि धुलिखेलका होटल सुनसान छन् ।

जेठ १२ गते राति १२ बजेसम्म के गर्न पाईदैन ?
१. अत्यावश्यक र औषधी पसल बाहेकका अन्य कुनै पनि पसल खोलेर ब्यापार गर्न पाईदैन ।
२. औषधी, स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु बाहेक अन्य कुनै पनि चिज ढुवानी गर्न पाईदैन ?
३.अत्यावश्यक र स्वास्थ्य सेवा बाहेकका कुनै पनि उद्योग, व्यवसाय चलाउन पाईदैन ।
४.निर्माण सामग्री ढुवानी गर्ने साधनले जिल्ला प्रशासन कार्यालय काभ्रेले तोकेका बाहेकका गुड्न पाइदैन ।
६. जनस्वास्थ्यका सबै मापदण्ड पालना पालना नगरि ढुवानी गर्न पाइँदैन ।
७. सूचना विभाग प्रेस पास लिएका र अत्यावश्यक प्रयोगका लागि अनुमति लिएका निकाय वा ब्यक्तिको बाहेक अरू सवारी साधन चलाउन पाइँदैन ।

के गर्ने ?
यदि कोरोना भाईरससँग मिल्दो जुल्दो कुनै लक्षण देखिए वा अरू स्वास्थ्य समस्या भए नगरपालिकाले तोकेका स्वास्थ्यकर्मी सम्पर्क गरी आवश्यक सरसल्लाह लिने ।

8325
Shares

ट्रेन्डिङ