सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बिएण्डसी मेडिकल कलेजले भन्यो– कोही पनि भ्रामक र तथ्यहिन आरोपको भ्रम नपर्नुहोस्

बिएण्डसी मेडिकल कलेजले भन्यो– कोही पनि भ्रामक र तथ्यहिन आरोपको भ्रम नपर्नुहोस्

5245
Shares
बिएण्डसी मेडिकल कलेजले भन्यो– कोही पनि भ्रामक र तथ्यहिन आरोपको भ्रम नपर्नुहोस्

झापा : झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी हस्पिटलसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मंगलबार विज्ञप्ति जारी गरेर त्यस्ता गतिविधिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर निन्दा र भतर््सना गरेका छन् । कोरोनाभाइरस महामारीका बेला अहोरात्र खटेर नागरिकको जीवनरक्षा गरिरहेका बेला भएका यस्ता तथ्यहिन र कपोकल्पित आरोपमा विश्वास नगर्न उनले सबैमा आग्रह पनि गरेका छन् ।

कोरोनाभाइरस संक्रमितहरु काठमाडौंबाट उपचारका लागि बिएण्डसी पुुगेका बेला सो अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको निर्देशक प्रसाईंको दाबी छ । अस्पतालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर गाली गलौज गरिएको भन्दै उनले आपत्ति पनि जनाएका छन् ।

‘कोभिड १९को महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिनरात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूउपर विदेशी भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहीन, झुठा र निकृष्ठ गालीगलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भतर््सना गर्दछौंँ’, जारी विज्ञप्तिमा भनिएको छ । सो मेडिकल कलेजलाई कानुनविपरीत सम्बन्धन दिन खोजिएको भन्ने आरोपलाई पनि कार्यकारी निर्देशक प्रसाईंले खण्डन गर्दै प्रष्ट्याएका छन् ।

 

5245
Shares

ट्रेन्डिङ