सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • खत्रीका तीन भाई राष्ट्रिय गौरवको एयरपोर्ट निर्माणमा सक्रिय, निर्माण कार्य तिब्र गर्न १५ वटा टिफर थप

खत्रीका तीन भाई राष्ट्रिय गौरवको एयरपोर्ट निर्माणमा सक्रिय, निर्माण कार्य तिब्र गर्न १५ वटा टिफर थप

8940
Shares
खत्रीका तीन भाई राष्ट्रिय गौरवको एयरपोर्ट निर्माणमा सक्रिय,  निर्माण कार्य तिब्र गर्न १५ वटा टिफर थप

काभ्रे– नेपालमा यतिबेला कोरोना भाइरसको त्रास बढ्दै गएको छ । कोरोनाको कारण देशमा हलचल मचि रहेको बेला आर्थिक गतिविधि प्राय ठप्प छन् ।

नेपाल सरकारले देशभर निषेधाज्ञा अवधिमा पनि निर्माण तथा पुर्ननिर्माणको काम गर्ने नीति लिएको छ । सोही निती अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर पार्किङ बनाउने काम पनी तिब्र रुपले अघि बढि रहेको छ ।
विमानस्थलको एयर पार्किङ निमार्ण तथा माटो फिलिङ गर्ने काम बिरुभाई कन्ट्रक्सन कम्पनि प्रा.लीले गरी रहेको छ । माहामारीको समयमा पनि कम्पनिले सरकारको अनुमती लिएर १०० जना मानिसलाई रोजगारी दिदै विमानस्थलको एयर पार्किङ निमार्णको काम संचालन गरिरहेको छ ।


कम्पनिले ५ वर्षमा निर्माण सम्वन्धि विभिन्न कार्यहरु गदै आइरहेको छ । कम्पनीका सन्चालक बिरेन्द्र खत्री सिन्धुपाल्चोक जिल्लामा जन्मेर धेरै दुःख मिहेनत गरेर आज उनी बिरुभाई कम्पनीका सन्चालक बन्न सफल भएका छन् । उनी कम्पनी सङ्गै समाजसेवामा पनि एकदम रुचि राख्ने र विरेन्द्रले धेरै आर्थिक अबस्था कम्जोर भएका मानिसहरुको चुलो बाल्दिने काम समेत गरेका छन् ।

हाम्रो समाजमा पैसावाल व्यक्तिहरु आफु मात्र रमाउने गर्दै आएको पाइन्छ तर उनी भने कमाउने संगै समाजसेवामा पनी उतिकै रम्ने गरेको पाइन्छ । खत्रीले यस कम्पनीमा करिब २०० देखि ३०० जना मानिसलाई रोजगार दिएका छन् । उनका हितेसि साथि तथा यसै कम्पनीका एम.डी अरुण खड्का पनि कम्पनीलाई अघि बढाउन ठुलो हात रहेको देखिन्छ ।


सन्चालक खत्रीका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन उनी सफल छन् । बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा. ली.को अफिस सिनामङ्गल र यस बिरुभाई प्रा.ली. ले शाखा समेत बनाउन सफल भएको उनले बताए ।कन्ट्रक्सनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर पार्किङ बनाउने कार्यमा ६० वटा टिफर संञ्चालन गरी रहेकोमा आज पुन १५ वटा थप गरी नर्मिाण कार्य तिब्र गतीले अगाढि बढाएको पनी खत्रीले बताए ।

उनलाई सो कार्य गर्न नरायणी आयल स्टोरको सञ्चालक घनश्याम खत्री ,कपिल प्रधान, अरुण खड्का, धिरज अधिकारी, कृष्ण जसपाब र विमल खत्रिको उल्लेखिय सहकार्य रहेको पनी जानकारी दिएका हुन् । उनले थप १५ टिफर आज पुजा आजा गरी यो जानकारी दिएका हुन् ।

8940
Shares

ट्रेन्डिङ