सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • कांग्रेस काभ्रेले भन्यो ‘नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन थाल्छौँ’

कांग्रेस काभ्रेले भन्यो ‘नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन थाल्छौँ’

15365
Shares
कांग्रेस काभ्रेले भन्यो ‘नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन थाल्छौँ’

काभ्रे : नेपाली कांग्रेस काभ्रेले पक्राउ परेका आफ्ना नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । पोखराको लेकसाइडबाट साँझ नेता लामा पक्राउ परेपछि जिल्ला सभापति मधु आचार्य प्रेह विज्ञाप्ति मार्फत यस्तो चेतावनी दिनुभएको हो ।

जिल्ला सभापति आचार्यले भन्नु भएको छ ‘नेपाली कांग्रेस काभ्रेका नेता तथा गत आमनिर्वाचनमा प्रदेश सभा क्षेत्र नं १ “ख” बाट उम्मेदवार रहनुभएका गणेश लामालाई अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेस सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौं ।

नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाईको माग गर्दछ । अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी सरकारी हर्कत बिरुद्ध सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं ।’

15365
Shares

ट्रेन्डिङ