सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • काभ्रेकै बालीकालाई भक्तपुर लगी जबरजस्ति गरेको आरोपमा काभ्रेको एक पुरुष पक्राउ

काभ्रेकै बालीकालाई भक्तपुर लगी जबरजस्ति गरेको आरोपमा काभ्रेको एक पुरुष पक्राउ

16420
Shares
काभ्रेकै बालीकालाई भक्तपुर लगी जबरजस्ति गरेको आरोपमा काभ्रेको एक पुरुष पक्राउ

काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ बस्ने बर्ष २३ को जयराम चौलागाई पक्राउ परेका हुन् । मिति २०७८-०३-०५ गते अन्दाजी १० बजे बाट धुलिखेल नगरपालिका वडा नं. ८ घर भएकी बर्ष १५ की बालिका सम्पर्क बिहिन भए पछि सोहि दिन उनको आमाले खोजि दिन आग्रह गर्दै काभ्रे जिल्ला प्रहरी कार्यलय धुलिखेलमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निबेदनको आधारमा निज बालिकालाई खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवा काठमाण्डौबाट खटिएको प्रहरी टोलीले २०७८-०३-०६ गते काठमाण्डौ सुन्धारामा निज हराएकी बालिका खोजतलासको क्रममा फेला पारेको हो ।

चौलागाइले मिति २०७८-०३-०५ गते फकाएर लिएर गई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ स्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा लगी ललाई फकाई डर धाक धम्की दिई जबरजस्ती करणी गरेको भनी पीडित बालिको बयानका अधारमा निज चौलागाइलाई पक्राउ गरीएको हो ।

जबरजस्ती करणी गरेको भनी पीडित बालिकाले बयान दिए पछि निजको आमाले मिति २०७८÷०३÷०६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा चौलागाईलाई पक्राउ गरेको हो । चौलागाईलाई खोजतलास गर्दै जाँदा मिति २०७८÷०३÷०६ गते सुन्धारा एरिया बाट महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले फेला पारी पक्राउ गरीएको हो ।

16420
Shares

ट्रेन्डिङ