सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको साँगामा सर्वसाधारणलाई सास्ती, नीजि गाडीलाई मस्ती

काभ्रेको साँगामा सर्वसाधारणलाई सास्ती, नीजि गाडीलाई मस्ती

23845
Shares
काभ्रेको साँगामा सर्वसाधारणलाई सास्ती, नीजि गाडीलाई मस्ती

जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपालाई केन्द्रविन्दु हुनेगरी जिल्लाभित्र २५ सिट क्षमता भन्दा बढीको यात्रुबहाक सवारी साधन चल्न पाउने निर्णय गर्यो । केहि सार्वजनिक सवारी साधन चलेका पनि छन् ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरेर सार्वजनिक यातायात चल्न पाउने निर्णय गरेपछि काभ्रे प्रशासनले पनि सार्वजनिक यातायात चलाउने निर्णय गरेको हो ।

काभ्रे प्रशासनको निर्णय लगत्तै अरनिको र बीपी राजमार्गमा सावरी साधनको चाप ह्वात्तै बढेको छ । सर्वसाधारण एकठाउँबाट अर्को ठाउँ जान थालेका छन् । तर राजधानी प्रवेश गर्ने पूर्वी नाका साँगामा यात्रुहरूले निकै समस्या झेल्न बाध्य भएका छन् ।

काभ्रे र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बसेर समस्या समाधान गर्नुको सट्टा प्रहरी राखेर राजधानी प्रवेश गर्ने सर्वसाधारणलाई दुःख दिइरहेका छन् । नीजि गाडीहरूले भने निर्वाधरुपमा यात्रु ओसारिएका छन् ।

बालबच्चा, सरसामान काँधमा बोकाएर सर्वसाधारणलाई अनाहकमा हिँडाउन प्रशासनको भुमिका सबैभन्दा ठूलो देखिएको छ । यसअघि पनि साँगा नाकामा यात्रुले यस्तै सास्ती खेप्दा पनि काभ्रे प्रशासनले कुनै चाँसो देखाएको थिएन् ।

काभ्रे प्रशासनले जोरबिजोर लागु गरेर सार्वजनिक यातायातको साधन चल्न पाउने निर्णय गरेसँगै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली सहित राजधानी पूर्वका जिल्लाहरू र तराईका जिल्लाबाट समेत राजधानी प्रवेश गर्ने सवारी साधनको लाम लाग्न थालेको छ ।

तर साँगा नाकामा सर्वसाधारणको दुःख र पीडा समाधान गर्ने तर्फ कसैको ध्यान गएको छैन् । बर्खाको समयमा रुझाउदै सर्वसाधारणलाई प्रशासनले अनावश्यक रूपमा एउटा गाडीबाट अर्को गाडीसम्म हिँडाइ रहेको छ ।

23845
Shares

ट्रेन्डिङ