सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • काभ्रेको बेथानचोकमा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद

काभ्रेको बेथानचोकमा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद

6205
Shares
काभ्रेको बेथानचोकमा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद

काभ्रेको बेथानचोक गाउँपालिकामा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद कार्यक्रम गरिएको छ । गाउँ गाउँमा सुशासन प्रवर्द्धनका लागि युवा र जेष्ठ नागरिकबीचको सम्बन्ध बिषयमा छलफल गराएको हो ।

कार्यक्रममा गाउँपालिकाका सबै वडाका जेष्ठ नागरिक, महिला, युवा तथा किशोर समूहका सुशासन प्रर्बद्धनका विषयमा जेष्ट नागरिक पुस्ता र युवा पुस्ता बीच के कसरी समन्वय, सहकार्य र सहजताको साथ कार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर छलफल गरिएको थियो ।

पछिल्लो समय गाउँमा युवा र नया पुस्ता घट्दो क्रममा रहेको र जेष्ट नागरिक पुस्ताको संख्या बढ्दो अवस्था रहेको छ । सुशासन र सेवा प्रवाहमा जेष्ठ नागरिक पुस्तालाई समेत सहयोग गर्ने युवाहरु पाउन कठिन छ । यस क्रममा दुई /तिन पुस्ता वीच कसरी समन्वय गर्ने भन्ने समेत अन्यौलता बढ्दै गएको छ । समाजिक, आर्थिक, नैतिक भ्रष्टाचार बढ्दो छ भन्ने विषय जेष्ठ नागरिकले गुनासो गरेका थिए । युवा पुस्ता, प्रविधि र संसार संगै बिश्व व्यापारिकरणको कारण एकल जीवन तर्फ उन्मुख र पाश्चात्य संस्कार सस्संस्कृति कारण पुस्तान्तरण बीचको खाडल सृजना हुँदै गएको जेष्ठ नागरिकहरू बताएका थिए ।

नयाँ प्रविधिको उपयोग र दुरुपयोग साथै संस्कार संस्कृति प्रति दोषारोपण समेत बढ्दै गएको सहभागीहरूले बताए । नयाँ पुस्ताले पश्चिमा संस्कृति बीच प्रयोग गर्ने पद्धती र सिप समेत नेपाली माटोमा सुहाउँदो नभएको जेष्ठ नागरिकको भनाई छ । नयाँ पुस्ता र अघिल्लो पुस्ताबीचको खाडल कम गरी नेपाली माटो, भूगोल, परिवेश र संस्कार संस्कृतिमा केन्द्रित बनाउन सहभागीहरू जोड दिएको निगरानी समूहका अध्यक्ष केदार तिमल्सिनाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रेम बहादुर तिमल्सिना, प्रमुख प्रसासकीय अधिकृत राजेन्द्र भण्डारी, सुचना अधिकारी तथा ईञ्जिनिएर ज्ञान प्रसाद तिमल्सिना, शाखा अधिकृत बिश्वनाथ दाहाल, सामुदायिक सारथीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारी, कार्यसमिति सदस्य सृजना जिसी र जिल्ला संयोजक भेषबहादुर दनुवार सहभागी हुनुभएको थियो ।

6205
Shares

ट्रेन्डिङ