सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेका सुमन ९ दिनदेखि बेपत्ता

काभ्रेका सुमन ९ दिनदेखि बेपत्ता

11525
Shares
काभ्रेका सुमन ९ दिनदेखि बेपत्ता

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ६ का सुमन ढुङगाना ९ दिनदेखि बे’पत्ता भएका छन् । सुमनका श्रीमती सम्झना ढुङ्गानाका अनुसार असार ३१ गतेदेखि सम्पर्क बे’पत्ता भएका हुन् ।

३६ वर्षीय सुमन आफ्नै घरबाट बे’पत्ता भएका हुन् । ९ दिनसम्म पनि सम्पर्क नआएपछि श्रीमती सम्झनाले खोजी गरिदिन पाँचखाल प्र’हरी चौकीमा निवेदन दिनु भएको छ । ५ फिट उचाइ भएको, गहुँगोरो वर्ण र पातलो जीउडालका सुमन सम्पर्क बिहीन भएका हुन् ।

आफ्ना आफन्त र सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि नभेटिएको सम्झनाले बताईन् । ‘आफ्ना आफन्त तिर सबै ठाउँमा सोधीखोजी गरिसके, कतै पनि नआएको खबर पाएँ, यतिका दिन भैसक्यो, त्यहि भएर खोजीदिन प्र’हरीमा निवेदन दिएको छु, सम्झनाले भन्नुभयो ।’

घरपरिवारका कोहि कसैलाई केही नभनी, कहाँ गएको, किन गएको केही पनि थाहा नभएको सम्झनाले बताउनुभयो ।

11525
Shares

ट्रेन्डिङ