सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कोरोनाको खोप लिएर धुलिखेल जाँदै गरेका मोटरसाइकल दुर्घटना, दुई स्वास्थ्यकर्मी घाइते

कोरोनाको खोप लिएर धुलिखेल जाँदै गरेका मोटरसाइकल दुर्घटना, दुई स्वास्थ्यकर्मी घाइते

7520
Shares
कोरोनाको खोप लिएर धुलिखेल जाँदै गरेका मोटरसाइकल दुर्घटना, दुई स्वास्थ्यकर्मी घाइते

धुलिखेल नगरपालिका वडा नम्बर १ देवीटार स्वास्थ्य चौकी जाँदै गरेका दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् । आज भ्याक्सीन लैजाने क्रममा स्वास्थ्य चौकी प्रमुख शुरेस घिसिङ र स्वास्थ्यकर्मी प्रदिप वाइवा मोटरसाइकल दुर्घटना परी गम्भिर घाइते हुनु भएकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

घाईते दुबै जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्यकर्मी चढेको मोटरसाइकल खोस्लामा खसेको छ । स्वास्थ्यकर्मी घाईते भएपनि देवीटारमा खोप कार्यक्रम भने नरोकिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

आज वडा नम्बर १ मा १४५ जनाले खोप लगाएका छन् । स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार धुलिखेल नगरपालिकाको वडा नम्बर१-८ सम्मका १ हजार ३९३ महिला र १ हजार २२४ जना पुरुष गरी जम्मा २ हजार ६१७ जना कोरोना भाईरस विरूद्धको खोप लगाएका छन् ।

 

7520
Shares

ट्रेन्डिङ