सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • स्वास्थ्यकर्मी आन्दोलनमा

स्वास्थ्यकर्मी आन्दोलनमा

4400
Shares
स्वास्थ्यकर्मी आन्दोलनमा

स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्स्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील टे«ड युनियनहरु संयुक्त समन्वय समितिमार्फत दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
हाल जारी स्वास्थ्य मन्त्रालयकेन्द्रित धर्नालाई सशक्त बनाउन जिल्ला जिल्लाबाट थप स्वास्थ्यकर्मीलाई आन्दोलनमा अनिवार्य सहभागि हुन आह्वान गरिएको आन्दोलनमा सहभागि स्वास्थ्यकर्मी युनियन नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन र नेपाल स्वास्थ्यकर्मी सङ्घद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस

4400
Shares

ट्रेन्डिङ