सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रे प्रहरीले दुई वर्ष अघि हराएको स्कुटर धनीलाई बुझायो

काभ्रे प्रहरीले दुई वर्ष अघि हराएको स्कुटर धनीलाई बुझायो

21750
Shares
काभ्रे प्रहरीले दुई वर्ष अघि हराएको स्कुटर धनीलाई बुझायो

काभ्रे प्रहरीले दुई वर्ष अघि ललितपुरबाट हराएको स्कुटर धनीलाई बुझाएको छ । २०७६ भदौ ११ गते ललितपुरको पुल्चोकबाट हराएको उक्त स्कुटर धनीलाई आज बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट पनौतीमा नियतिम चेकजाँचका क्रममा सवारी दर्ता किताब, सवारी चालक अनुमतिपत्र (लाईसेन्स) साथमा नराखी स्कुटर चलाएका एक चालकले स्कुटर छाडी फरार भएका थिए । मे.६प १३६२ नं.को स्कुटर छाडेर फरार भएपछि प्रहरीले आवश्यक अनुसन्धान थालेको थियो ।

अनुसन्धानबाट उक्त स्कुटर झापा भद्रपुर नगरपालिका ३ घर भई हाल ललितपुर सातदोबाटो बस्ने श्रीसा सुब्बाको रहेको खुलेपछि उनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दियो ।

 

21750
Shares

ट्रेन्डिङ