सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चुनावप्रति कुनै आशंका नगर्नुसः प्रधानमन्त्री

चुनावप्रति कुनै आशंका नगर्नुसः प्रधानमन्त्री

3780
Shares
चुनावप्रति कुनै आशंका नगर्नुसः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने वताउनु भयो ।
मंगलबार शिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।
प्रधानमन्त्रीले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको वताउनु भयो । उहाँले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताउनु भयो ।
प्रधानमन्त्रीले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिनु भयो ।

3780
Shares

ट्रेन्डिङ