सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे कांग्रेसका नेताहरू एकै ठाउँ भेला भएर गरे यस्तो निर्णय

काभ्रे कांग्रेसका नेताहरू एकै ठाउँ भेला भएर गरे यस्तो निर्णय

24545
Shares
काभ्रे कांग्रेसका नेताहरू एकै ठाउँ भेला भएर गरे यस्तो निर्णय

काभ्रे : काभ्रे कांग्रेसका नेताहरू लामो समयपछि एकै ठाउँ भेला भएका छन् । नयाँ सरेको जिल्ला पार्टी कार्यालयमा पहिलो पटक, नेताहरू एकै पटक, एकै ठाउँ भेला भएका हुन् ।

लामो समयपछि एकै ठाउँ भेट भएका नेताहरूले केन्द्रले तोकेकै मितीमा अधिवेशन गर्ने सहमत गरेका छन् । हिजो क्रियाशील सदस्य विवादका कारण उपाध्यक्षकै नेतृत्वमा जिल्ला पार्टी कार्यालयमा ताला लगाईएको थियो ।

सहमतिपछि ताला खुलाइएको छ । ताला लागेपछि पार्टी केन्द्रले संसोधन गरी गरि पठाएको १४ औं अधिवेशन सर्ने हो भन्ने कांग्रेसका क्रियाशील सदस्यमा परेको थियो । तर आज जिल्ला तहका सबै नेताहरू केन्द्रले दिएको निर्वाचन तालिका अनुसार नै अधिवेशन सम्पन्न गर्ने साझा सहमति गरेका छन् ।

जिल्ला सभापति मधु आचार्य, पूर्व जिल्ला सभापति शिव हुमागाईं, जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति सहितको छलफलले अधिवेशन तालिका हेरफेर नगर्ने सहमति गरेका हुन् । काभ्रेमा असोज ५ गते वडा अधिवेशन हुँदैछ । त्यस्तै ९ गते पालिका अधिवेशन हुनेछ ।

24545
Shares

ट्रेन्डिङ