सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • अनेरास्ववियु धुलिखेल नगर कमिटिको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा प्रभुराम धिताल चयन

अनेरास्ववियु धुलिखेल नगर कमिटिको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा प्रभुराम धिताल चयन

5750
Shares
अनेरास्ववियु धुलिखेल नगर कमिटिको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा प्रभुराम धिताल चयन

काभ्रे : नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धुलिखेल नगर कमिटिको चौँथो नगर सम्मेलन सम्पन्न भएको छ ।

आज भएको सम्मेलनबाट अनेरास्ववियु धुलिखेल नगर कमिटीको अध्यक्षमा प्रभुराम धिताल चयन भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै एमाले जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले विद्यार्थीको हक अधिकार सुनिश्चित गर्नका लागि अनेरास्ववियूले खेलेको भूमिकाको उच्च रहेको बताए ।

उनले कमिटिका सबै सदस्यलाई सफल कार्यकालको शुभकामना दिएका छन् । अनेरास्ववियु धुलिखेल नगर कमिटीको बरिष्ठ उपाध्यक्षमा सुनिल हुमागाईँ उपाध्यक्षमा आशिष न्यौपाने, सचिवमा सुबोध धिमाल चयन भएका छन् ।

5750
Shares

ट्रेन्डिङ