सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेका दुई लाखभन्दा धेरैले खिचाए राष्ट्रिय परिचयपत्रका लागि फोटो

काभ्रेका दुई लाखभन्दा धेरैले खिचाए राष्ट्रिय परिचयपत्रका लागि फोटो

10025
Shares
काभ्रेका दुई लाखभन्दा धेरैले खिचाए राष्ट्रिय परिचयपत्रका लागि फोटो

काभ्रे : काभ्रेमा दुई लाख आठ हजार २९ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् । बनेपा नगरपालिकामा ३० हजार १९२ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिएका छन्

। उनका अनुसार पनौती नगरपालिकामा ३० हजार ३९९, पाँचखाल नगरपालिकामा २२ हजार ५२२, मण्डनदेउपुर नगरपालिकामा १७ हजार ७१२, धुलिखेल नगरपालिकामा १ हजार ३५८, नमोबुद्ध नगरपालिकामा १८ हजार ६९५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचेका छन ।

त्यस्तै रोशी गाउँपालिकामा १२ हजार ७६९ जना,भुम्लु गाउँपालिकामा नौ हजार ६०३ जना, बेथानचोक गाउँपालिकामा १० हजार ९७ जना, तेमाल गाउँपालिका नौ हजार २९ जना, महाभारत गाउँपालिका सात हजार ६८९ जना,चौँरीदेउराली गाउँपालिकामा सात हजार ९६ जना र खानीखोला गाउँपालिकामा चार हजार ९६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका प्रजिअ पोखरेलले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयबाट आठ हजार नौ सय जनाले फोटो खिचाएका छन । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाका १३ वटै पालिका र प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको थियो । राष्ट्रिय परिचयपत्र अभियान गत फागुन ६ गते रोशी गाउँपालिकाबाट सुरु भएको थियो ।

10025
Shares

ट्रेन्डिङ