सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • कारको ठक्करबाट एक वृद्धको मृत्यु

कारको ठक्करबाट एक वृद्धको मृत्यु

745
Shares
कारको ठक्करबाट एक वृद्धको मृत्यु

सुर्खेत । कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

 बुधबार बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले ठक्कर दिंदा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको हो ।

कारको ठक्करबाट घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ठक्कर दिएको कारको पहिचान हुन सकेको छैन । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

745
Shares

ट्रेन्डिङ