सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • एमालेलाई संसद् अवरुद्ध नगर्न गृहमन्त्रीको आग्रह

एमालेलाई संसद् अवरुद्ध नगर्न गृहमन्त्रीको आग्रह

5000
Shares
एमालेलाई संसद् अवरुद्ध नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ, २९ मङ्सिर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई संसद् अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ ।
महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नागरिकतासम्बन्धी नेपाली कानुनको विश्लेषण’ सार्वजनिक कार्यक्रममा उहाँले संविधान संशोधनको प्रस्ताव सही भएको हुँदा संसद्को गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री निधिले भन्नुभयो, “संविधान संशोधनको प्रस्ताव संसद्को प्रक्रियाबाटै पूरा गर्नुपर्छ, एमालेले संसद् अवरुद्ध नगर्दा राम्रो हुन्छ ।”
सरकारमा रहँदा एमालेले त्यही कुरा उठाउँदा राष्ट्रवादी हुने अहिले अर्को सरकार आउँदा अराष्ट्रवादी कसरी हुन सक्छ भन्ने प्रश्न गर्दै उहाँले सहमतिबाटै समस्याको निकास खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनु हुँदैन, नेपाली नागरिकलाई नागरिकबाट वञ्चित हुनेखालको कानुनको संशोधन गरेर जान सकिन्छ उहाँले भन्नुभयो ।
नागरिकतासम्बन्धी प्रावधान फरकफरक रहेको उल्लेख गर्दै उहाँले नेपाली भूमिमा जन्मेका व्यक्तिलाई जन्मसिद्ध नागरिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नागरिकता व्यक्तिको कानुनी पहिचान भएको हुँदा पहिला पहिलाको यसको आवश्यकता पर्नुका साथै राज्यबाट पाउने सुविधा र हकअधिकारका लागि पनि अनिवार्य भएको बताउनुभयो ।
कार्यक्रममा गृहमन्त्री निधिले मञ्चद्वारा प्रकाशित ‘नागरिकतासम्बन्धी नेपाली कानुनको विश्लेषण’ सार्वजनिक गर्नुभएको थियो । रासस

5000
Shares

ट्रेन्डिङ