सबैको समाचार
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • १२ बर्षे मकर मेलाको आज अन्तिम दिन, विहानैदेखि भक्तजनको भिड

१२ बर्षे मकर मेलाको आज अन्तिम दिन, विहानैदेखि भक्तजनको भिड

7655
Shares
१२ बर्षे मकर मेलाको आज अन्तिम दिन, विहानैदेखि भक्तजनको भिड

 

 

काभ्रेको पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलाको आज अन्तिम दिन भक्तजनको भिड् विहानै देखि लागेको छ ।

माघ १ गतेबाट सुरु भएको मेला आज सकिँदैछ । मेला सुरु भएको साढे दुई हप्तासम्म कोभिडका कारण मकर मेला घुम्न र त्रिवेणीधामको दर्शन गर्ने भक्तजनको संख्या निकै कम थियो ।

तर को भि डका विरामी कम हुँदै गएपछि भक्तजनको संख्या ह्वात्तै बढेको हो । आज अन्तिम र शनिबार परेकाले पछि बिहानैदेखि भक्तपुर, बनेपा, पनौती रुटमा सवारी साधनको चाप निकै बाक्लिएको छ ।

शनिबार सार्वजनिक बिदा हुने भएकाले दर्शनार्थीको भिड बढेको हो ।

पछिल्लो हप्ता दर्शनार्थीको भिड बढेपछि मकर मेला ब्यवस्थापनमा समस्या हुँदै आएको छ । चिकित्सकहरुले कम भैसकेको कोभिड फेरी भिडभाडकै कारण बढ्न सक्ने चिन्ता ब्यक्त गरेका छन् ।

7655
Shares

ट्रेन्डिङ