सबैको समाचार
बुधबार, माघ ३०, २०८१
  • होमपेज
  • चितवन हात्ती महोत्सवको सुरु

चितवन हात्ती महोत्सवको सुरु

4050
Shares
चितवन हात्ती महोत्सवको सुरु

क्षेत्रीय होटल सङ्घ, चितवनको आयोजनामा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती महोत्सवको सुरु भएको छ ।
ऋाउदो पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो ।
हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिे सौराहा परिक्रमा गरेको छ । थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
विदेशबाट नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा यस पटक सौराहामै पहिलोपटक अन्तर्रा्ष्ट्रिय हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले बताए ।
दिगो पर्यटन विकास गर्र्दा स्थानीयवासीको आयआर्जन विकासका लागि यहाँ आजदेखि पर्यटकका लागि जिप सफारी सुरु भएको उक्त सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए । रासस

4050
Shares

ट्रेन्डिङ