सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • पत्रकार महासंघको कपिलबस्तु शाखामा ताला

पत्रकार महासंघको कपिलबस्तु शाखामा ताला

7375
Shares
पत्रकार महासंघको कपिलबस्तु शाखामा ताला

कपिलवस्तुका पत्रकारहरुले नेपाल पत्रकार महासघको सदस्यता नपाएको भन्दै महासघंको कपिलबस्तु शाखा कार्यालयमा ताला लगाएका छन् । कपिलवस्तुका क्रियाशील पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने माग राख्दै कपिलबस्तु शाखा कार्यालयमा ताला लगाएका हो ।
महासंघले सदस्यताका लागि निर्धारण गरेको योग्यता तथा अनुभवका आधारमा दिन लागेको सदस्यता कानुनसम्बत नभई मनोमानी ढंगमा सदस्यता वितरण गरिएको आन्दोलनरत एक पत्रकारले बताए ।
कपिलवस्तुका पत्रकार बासुदेव बर्माको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको आरोप उनीहरुको छ ।

7375
Shares

ट्रेन्डिङ