सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बनेपामा गठबन्धनका उम्मेद्वारहरूले घरदैलो कार्यक्रम सुरु, संगै भोट माग्दै शान्ति र रघुबर

बनेपामा गठबन्धनका उम्मेद्वारहरूले घरदैलो कार्यक्रम सुरु, संगै भोट माग्दै शान्ति र रघुबर

13670
Shares
बनेपामा गठबन्धनका उम्मेद्वारहरूले घरदैलो कार्यक्रम सुरु, संगै भोट माग्दै शान्ति र रघुबर

काभ्रे : बनेपा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरूले घरदैलो कार्यक्रम सुरु गरेका छन ।

घरदैलो सुरुवात भए संगै उच्च राजनैतिक सस्कार प्रस्तुत गर्दै आज विहान बाट गठवन्धका उमेद्वारले संयुक्त रुपमा भोट माग्न थालेका छन्।

बनेपा ६,७ मा मत माग्न जादा गठवन्धनका उमेद्वार नेपालि काग्रेसका बनेपा नगर प्रमुखका उमेद्वार लोकतन्त्रिक गठबन्धनबाट मेयरका उम्मेद्वार शान्ति रत्न शाक्य र उपमेयर रघुबर चौप्रधान घरदैलोमा लिस्किएका छन् ।

बनेपा नगरपालिकाको वडा ८ स्थित सम्पर्क कार्यालयबाट प्रदेश महामन्त्री कन्चन बादेले उमेद्ववारलाई टीका माला लगाएर घरदैलो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । गठबन्धनले घरदैलो बजार क्षेत्रबाट सुरू गरेको हो ।

संगै यो क्रम निरन्तर रुपमा बनेपाका १४ वटै वडामा जाने समेत उमेद्वारहरु वताए ।

13670
Shares

ट्रेन्डिङ