सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको बेथानचोकमा एमालेले हारेपछि गर्‍यो नाराबाजी

काभ्रेको बेथानचोकमा एमालेले हारेपछि गर्‍यो नाराबाजी

28900
Shares
काभ्रेको बेथानचोकमा एमालेले हारेपछि गर्‍यो नाराबाजी

काभ्रेको बेथानचोक गाउँपालिकामा नेकपा एमालेले मत गणना स्थलमै नाराबाजी गरेका छन् । बेथानचोक गाउँपालिकाको मत गणना स्थलमा नेकपा एमालेका सर्मथकले मत गणना प्रक्रिया राम्रो नभएको भन्दै नाराबाजी गरेका हुन् ।

आफ्नो हार स्वीकार गर्न नसकेपछि उनीहरुले नाराबाजी गरेका हुन् । वडा नं १ को मत गणना सम्पन्न हुँदा वडा अध्यक्षमा नेपाली काँग्रेसका मधुसुदन तिमल्सिना सिवजयी भइसकेका छन् ।

उनले ५ सय ७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी एमालेका डन्ड प्रसाद तिमल्सिना ४ सय ९८ मत ल्याएका थिए ।

मत गाणना स्थलको अवस्था अहिले सामान्य रहेको बेथानचोक गाउँपालिकाका निर्वाचन अधिकृत लक्ष्मी प्रसाद रेग्मीले सबैको समाचारलाई जानकारी दिए ।

28900
Shares

ट्रेन्डिङ