सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेलमा मेयर पदका उम्मेद्ववार ब्याञ्जुको वडामा एमालेको लज्जास्पद हार, राप्रपाको पकड कायमै

धुलिखेलमा मेयर पदका उम्मेद्ववार ब्याञ्जुको वडामा एमालेको लज्जास्पद हार, राप्रपाको पकड कायमै

21920
Shares
धुलिखेलमा मेयर पदका उम्मेद्ववार ब्याञ्जुको वडामा एमालेको लज्जास्पद हार, राप्रपाको पकड कायमै

धुलिखेल नगरपालिकामा एमालेका मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठ आफैले मतदान गरेको वडामा एमालेले लज्जास्पद हार ब्यहोरेको छ ।

प्राप्त मतपरिणाम अनुसार ब्याञ्जुको वडा नम्बर ७ मा एमाले तेस्रो स्थानमा खुम्चिएको छ । राप्रपाका वडाध्यक्ष पदका उम्मेद्ववार रोमी श्रेष्ठले आफ्नो अपराजित यात्रालाई कायमै राख्नु भएको छ ।

श्रेष्ठले ८सय ५७ मत ल्याएर बिजयी हुँदा सुर्यले जम्मा ३ सय १३ मत मात्रै पाएको छ । रुख चिन्हले ५ सय ३६ पाएको छ । यो वडामा ८ सय ५६ मत ल्याएर महिला, ८सय १० मत ल्याएर दलित महिला सदस्य र ८ सय २ एक जना सहित एमालेका उम्मेद्ववार विजयी भएका छन् । एक जना खुल्ला सदस्य रूख चिन्हका ९ सय १३ मत सहित विजयी भएका छन ।

यो वडाबाट मेयरमा सुर्यले १ हजार १ सय ३२, कलमले ४सय ३९, जेब्राले १ सय ५७ र हलोले १२ मत प्राप्त गरेका छन । उपमेयरमा सुर्यले ६सय २५, रुखले ५ सय ४५ र हलोले ४ सय ७७ मत प्राप्त गरेको छ ।

 

21920
Shares

ट्रेन्डिङ