सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रंगकर्मी एवं कलाकार फुयाँलको निधन

रंगकर्मी एवं कलाकार फुयाँलको निधन

4730
Shares
रंगकर्मी एवं कलाकार फुयाँलको निधन

झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै निधन भएको हो ।
 
नाचघरमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै गर्दा हृदयघात भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले बताइन् ।
कलाकार फुयाँलको उपचारार्थ चिकित्सकहरुले ६ः१० मा उनको निधन भएको घोषणा बताए । उनको पार्थिव शरीरलाई भोलि विहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ ।
bigsale-690x100-pix-new

4730
Shares

ट्रेन्डिङ