सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • बनेपा डेन्टल केयरले गर्‍यो नि:शुल्क दन्त शिविर

बनेपा डेन्टल केयरले गर्‍यो नि:शुल्क दन्त शिविर

7515
Shares
बनेपा डेन्टल केयरले गर्‍यो नि:शुल्क दन्त शिविर

काभ्रे : बनेपामा संचालित बनेपा डेन्टल केयर प्रालिले सामाजिक काममा पनि आफ्नो सहभागिता अगाडी बढाई रहेको छ।संचालनमा आयको छोटो समयमा नै सेवाग्राहीको मन जित्न सफल बनेपा डेन्टल केयरले मंगलबार मात्रै पनि बनेपा नगरपालिका वडा नम्बर ९ मा निशुल्क दन्त शिबिर कार्यक्रमको आयोजना गरेको थियो।

वडा नम्बर ९ संगको सहकार्यमा राखियको शिविरमा वडा बासिहरुले दाँत तथा मुख सम्बन्धि समस्याहरुका निशुल्क उपचार गराएका थिए।आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पहिलो पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्यक्ष नृपेश बादेले बताय। शिविरमा बनेपा डेन्टल केयर बाट डाक्टर सबिना कार्की ,सुजन न्यौपाने र अमृता पुर्लामी मगरको समुहले उपचार सेवा दिएको थियो।

आगामी दिनहरुमा पनि यस्ता खाले शिबिरहरुलाई निरन्तरता दिने र गरि अगाडी बढ्न आफुहरु इच्छुक रहेको बनेपा डेन्टल केयरका मेनेजिंग डिरेक्टर विजय बोगटीले बताउनु भयो।

 

7515
Shares

ट्रेन्डिङ