सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइजीपीको चिठ्ठा सिलवाललाई पक्का

आइजीपीको चिठ्ठा सिलवाललाई पक्का

2735
Shares
आइजीपीको चिठ्ठा सिलवाललाई पक्का

०४४ सालका एकै ब्याजका चार डिआइजीमध्ये को बन्ला भावी आइजीपी ? फागुन १ गते उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि आइजीपीको चान्स कसको छ भन्ने विषयमा जनतालाई वास्ता छैन, तर राजनीतिक पार्टीहरुभित्र भने हल्लीखल्ली मच्चिएको छ ।

नेपाल प्रहरी दाहिना भए, भनेको मान्ने आइजीपी भए चुनावमा राज्यशक्तिको दुरुपयोग आफ्नो पक्षमा गर्न पाइन्छ भन्ने सोच छ नेताहरुको, पार्टीहरुको । यहीकारण नेपाल प्रहरीमा गर्नसक्नेजति राजनीतिकरण गरिएको छ ।

प्रहरी संगठनभित्र र तस्करी धन्दामा समेत प्रहरीको गलत प्रयोग गर्न राजनीतिक नेताहरु दबाब र प्रभावको प्रयोग गर्दै आएका छन् । नेपाल प्रहरीलाई बदनाम गराउने बढी जिम्मेवार राजनीतिक क्षेत्र नै हो । ल्याकत र योग्यतालेको भन्दा को कम छन् –

केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीका प्रमुख नवराज सिलवाल, दुई नम्बरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्याल, तीन नम्बरमा लागु औषध नियन्त्रण व्यूरोका प्रमुख जयबहादुर चन्द र चार नम्बरमा प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोका प्रमुख बमबहादुर भण्डारी ।

को बन्ला आइजीपी ? अहिले नै यसै भन्न सकिने स्थिति छैन । जो एमाले, कांग्रेस, माओवादीको निकट भए पनि नवराज सिलवाल र जयबहादुर चन्दमध्ये एकजना आइजीपी बन्ने सम्भाबना देखिन्छ । तथापि सिलवालको पक्ष बढी बलशाली देखिन्छ ।

किनभने सिलवाल डिआईजी बढुवा हुँदा १ नम्बरमा थिए । उनीको सबै पार्टी र नेता देखि भारतसँग समेत राम्रो सम्बन्ध छ । उनले सीआईबीबाट धेरै ऐतिहासिक काम गरेका छन् । डाक्टरको काण्ड, एटिएम काण्ड लगायत दर्जनौ काण्डमा सफलता दिलाएका सिलवालको चर्चा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत चर्चित छ ।

भद्र र सालीन स्वभावका सिलवाल सवैकुरामा योग्य छन् । चन्द्रको आफ्नै अंगरक्षकको पीडाको घाउ अझै सेलाएको छैन । चन्द्र बेलावखत विवादमा आएका व्यक्ति हुन । उनीको सम्पत्तिको हिसाव कितावनै छैन तर सिलवाल गरिव परिवारवाट आएका हुन यसै कारण यो पटक सिलवालले वाजी मार्ने देखिन्छ ।

2735
Shares

ट्रेन्डिङ