सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • झुण्ड्याए वृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ

झुण्ड्याए वृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ

2675
Shares
झुण्ड्याए वृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ

गोरखा :- आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ।

गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो। दुवै कानको च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। घटना ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको पाइएको उनको भनाइ छ। बुधबार पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको श्रेष्ठले जानकारी दिए।

2675
Shares

ट्रेन्डिङ