सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • २०२६ को वल्डकप ४८ देशले खेल्ने

२०२६ को वल्डकप ४८ देशले खेल्ने

3785
Shares
२०२६ को वल्डकप ४८ देशले खेल्ने

विश्वकप फुटबल अब ४८ देशले खेल्न पाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले साविक ३२ देशहरुको सहभागितालाई बढाएर सन् २०२६ को वल्ड कपबाट लागू हुने गरी ४८ देशहरु बनाउने जानकारी दिएको छ । ४८ देशका खेलाडीहरुलाई १६ समूहमा विभाजन गरी खेलाइने खेलमा शीर्ष २ टीम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।
वल्डकपमा सहभागी देशको संख्या बढेसँगै अब कुल ८० खेल हुनेछ । अहिलेको ३२ टीम फर्म्याटमा कुल ६४ खेल खेलाइँदै आएको छ ।
फिफाको अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नयाँ योजना अनुसार विश्वकपमा सहभागी संख्या बढाउने बताएका थिए । ज्युरिखमा भएको फिफा काउन्सिलको बैठकले सहभागी संख्या बढाउने पक्षमा फैसला गरेको हो । जियानीका अनुसार युरोपबाट विश्वकप खेल्ने संख्या १३ बाट बढाएर १६ पुर्‍याउने उनको योजना रहेको छ । यस्तै अफ्रिका र एसियाबाट पनि सहभागी संख्या बढ्ने उनले दावी गरे ।
world-2

3785
Shares

ट्रेन्डिङ