सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

1855
Shares
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

काठमाडौं, २९ असोज : शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ।

नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो।

यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ।

यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ। नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

1855
Shares

ट्रेन्डिङ