सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • ट्याक्टर दुर्घटनामा परि ३ जना घाइते

ट्याक्टर दुर्घटनामा परि ३ जना घाइते

1850
Shares
ट्याक्टर दुर्घटनामा परि ३ जना घाइते

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुदा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन्।

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो। घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

1850
Shares

ट्रेन्डिङ