सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • बाख्रा चराउन जादा बाघको शिकार

बाख्रा चराउन जादा बाघको शिकार

1995
Shares
बाख्रा चराउन जादा बाघको शिकार

बर्दिया । बर्दियामा बाघले फेरि एक महिलाको ज्यान लिएको छ।

बर्दियाको मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षीया गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बाख्रा चराउने क्रममा बाघको आक्रमणमा परी डाँगीको मृत्यु भएको सेतोपाटीलाई बताए।

‘दिउँसो साढे दुई बजेसम्म घर नर्फिएपछि घर परिवार र गाउँले खोजीमा जाँदा तीन बजेतिर डाँगीको शव फेला परेको हो,’ एसपी शाहीले भने, ‘शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।’

घर नजिकको स्थानीय चिरौटे सामुदायिक वनमा डाँगी बाख्रा चराउन गएकी थिइन्।

1995
Shares

ट्रेन्डिङ